सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष विवाह अघि स्नातक तहको पढाई पूरा गरेका किशोरीहरुलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता दिने घोषणा गरेको छ ।
गाउँपालिकाले २० वर्ष उमेर पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने तथा विवाह नगरी बसेका किशोरीलाई प्रोत्साहन स्वरूप जनही एक लाख रुपियाँ सहयोग गर्न भएको हो ।
गाउँपालिकाले बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्याउन यो कार्यक्रम ल्याएको जनाएको छ । गत वर्ष २० वर्ष उमेर पुगेर स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने पाँच जना किशोरीले जनही एक लाख रुपियाँ प्रोत्साहन भत्ता पाएका थिए ।
यस गाउँपालिकाले गत वर्षदेखि उक्त कार्यक्रम सुरु गरेको र यो वर्ष पनि उक्त कार्यक्रमका लागि पाँच लाख बजेट छुट्याएको जनाएको छ । गाउँपालिकाले ‘‘उक्त भत्ता वितरणका लागि १५ दिने सूचना प्रकाशित गरेको जनाएको छ । उक्त अवधिभित्र मापदण्ड पूरा गरी निवेदन निदेजतिलाई गाउँपालिकाले उक्त भत्ता वितरण जानकारी गराएको छ ।
उक्त भत्ता प्राप्त गर्नका लागि अविवाहित रही गाउँपालिका भित्र स्थायी बसोबास भएको र मरिण गाउँपालिकाभित्र सञ्चालन भएको क्याम्पसमा अध्ययन गरेको हुनुपर्ने छ ।
तल्लो कक्षाको पढाई पूरा नहुँदै छात्राहरूको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बताएका छन् । उक्त कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन अभिप्रेरित गर्ने अध्यक्ष मोक्तानको ठम्याइ
‘‘‘हाम्रो पालिकामा तल्लो कक्षाहरूमा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो, ‘‘त्यसैले विवाह गर्नु अगावै स्नातक तह उत्तीर्ण गर्ने छात्राहरूलाई हामीले नगद एक लाख दिने कार्यक्रम राखेका हौँ’ अध्यक्ष मोक्तानले भने ।
गाउँपालिकामा उच्च शिक्षा हासिल गर्ने छात्राहरूको सङ्ख्या न्यून रहेको र बाल अवस्थामै विवाह गर्ने चलन बढेपछि विवाह पूर्व नै स्नातक तह उत्तीर्ण गर्ने प्रत्येक छात्राहरूलाई नगद एकलाख दिने कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।