माघ १२, २०८१ शनिबार Sat Jan 25 2025

नेपाल नगरपालिका संघद्वारा विपद् जोखिम न्यूनिकरणसम्बन्धी सरोकारवालासँग छलफल



काठमाडौं । नेपाल नगरपालिका संघले विपद् जोखिम न्यूनिकरणका विषयमा सरोकारवाला पक्षहरूसँग छलफल गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले विपद् जोखिम न्यूनिकरणका विषयमा सरोकारवाला पक्षहरूसँग छलफल गरेको हो ।

युएसआईडीको सहयोगमा सम्पन्न भएको विपद् जोखिम न्यूनीकरणमा राष्ट्रिय नीति र अभ्यास विषयक संवाद कार्यक्रमका वक्ताहरूले विपद् जोखिम कम हुने संरचना बनाएर मात्र यसबाट जोगिन सकिने बताए । कार्यक्रममा बोल्दै नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले विपद् जोखिम न्यूनिकरणको सार्थक प्रयास गर्न स्थानिय सरकारले मात्र गर्न सक्ने भन्दै केन्द्र र प्रदेशलाई नीति बनाउन आग्रह गर्दै स्थानिय सरकारलाई स्रोत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहँले स्थानिय सरकारका जनप्रतिनिधिले उठाएको आवाजलाई समेटेर नीति बनाउन पनि माग गरे । अहिलेको विपद् कोषको सही ढंगबाट प्रयोग हुन नसकेको भन्दै जनप्रतिनिधिकै नेतृत्वमा विपद् कोष रहनुपर्नेमा ध्यानाकर्षण पनि गराए । सोही कार्यक्रममा बोल्दै नगरपालिका संघका कार्यकारी निर्देशक कलानीधि देवकोटाले विपद् जोखिम न्यूनिकरणमा स्थानिय सरकारकै भुमिका हुने भए पनि त्यसको स्वतन्त्र रूपमा कार्यन्वयन हुन नसक्दा पनि कतिपय समस्या आएको बताए ।

कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकासमन्त्री अनिता देवी, राष्ट्रिय योजना आयोगका सदस्य अनिता देवकोटा ढुंगाना लगायतले स्थानिय सरकारलाई थप साधन स्रोत सम्पन्न बनाएर जोखिमको न्यूनिकरण तथा उद्वारको तयारी गर्नुपर्ने बताएका हुन् । उनीहरुले नीति बनाउँदा नै प्रदेश र संघले स्थानिय सरकारलाई यस मामिलामा थप बलियो बनाउन आफूहरू लागि पर्ने प्रतिबद्वता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न नगर पालिकाका प्रमुख तथा प्रतिनिधि, दातृ निकायका प्रतिनिधिहरू, विपद् सँग सरोकार रहने सरकारी निकायका प्रतिनिधहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो । दश वर्ष भन्दा बढी देखि निर्जिब अवस्थामा रहेको बबरगन्ज खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अडिट र नविकरण गराई उक्त संस्थालाई जिवित र सक्रिय बनाउन सफल हुनु भएकोमा सो संस्थाका अध्यक्ष देव नारायण महतो जी लाई बधाई छ ।

यस प्रक्रियामा प्रत्यक्ष सहयोग गर्नु हुने श्री नागेन्द्र राय जी तथा श्री राम नारायण महतो जी लाई पनि हार्दिक धन्यवाद । सर्वदलीय र सर्वपक्षीय भेलाले बबरगन्ज खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका नेतृत्व तपाईंलाई दिएर सही गरेको तपाईंले प्रमाणित गरि दिनु भएको छ देव नारायण जी । यसैगरी अहोरात्र लागेर खानेपानीको कामलाई आगडी बढाउनु हुनेछ भने हामीले विस्वास हामीले लिएका छौ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ०८ बजे