निकाल्न आग्रह काठमाडौं । नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघले विश्व जलवायु सम्मेलनमा नेपालले उठाउने विषयसम्बन्धि स्थानीय सरकारका प्रतिनिधहरूसँग छलफल गरेर मात्र निष्कर्ष निकाल्न सरकारसँग आग्रह गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले सोमबार काठमाडौंमा गरेको राष्ट्रिय जलवायु सम्मेलनलाई संवोधन गर्दै नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले जलवायु परिवर्तनको पहिलो असर स्थानीय जनताले व्यहोर्नु परेको भन्दै विश्व सम्मेलनमा उठाईने विषय पनि उनीहरु अनुकुलताको हुनुपर्ने बताए ।
स्थानीय वन जंगल, कुवा र प्राकृतिक स्रोतको संरक्षण तथा आगलागी नियन्त्रण लगायतका प्राकृतिक विपद् न्युनिकरणमा पनि स्थानीय सरकार लागिपर्नु पर्ने तर नीति बनाउने विषयमा यो तहसँग समन्वय नहुनु दुखद भएको बताए । उनले कार्बन उत्सर्जन न्यूनीकरण गरे वापत राष्ट्रले पाइरहेको अनुदानको समुचित वितरण हुनुपर्ने बताए ।
उनले कोप २८ मा नेपालले भिख माग्ने नभई विकसीत राष्ट्रले नेपाल जस्ता जलवायु परिवर्तनको असर पुगेका राष्ट्रलाई अनुदान दिनुपर्नेबारे नेपालले आवाज उठाउनु पर्ने बताए । सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थ मन्त्री डा प्रकाशशरण महत, संघीय सरकारका मन्त्रीहरू, सातै प्रदेशका मुख्यमन्त्री, मुख्य सचिव सहित सचिवहरू तथा विभिन्न मुलुकका राजदुतहरू, विभिन्न दातृ निकायका प्रमुख र प्रतिनिधहरूको उपस्थिति रहेको थियो ।