श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बस दुर्घटनामा एकको मृत्यु, ३७ घाइते



इलाम । इलामको कन्याम घुमेर फर्किने क्रममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । बस खस्दा उछिट्एिर रुखमा अड्किएका बालकको मृत्यु भएको हो । बसमा सवार ३७ मध्ये १२ जना गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षीय अर्पण लामा रहेका छन् । जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट तीन सय मिटर जति तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा एक बालकको मृत्यु भएको पुष्टि गरे ।उनले दुर्घटनास्थलबाट ३२ जनाको प्रहरीले उद्धार गरेकोमा १२ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । बसमा सवारमध्ये धेरै विद्यार्थी थिए । बस सडकबाट तीन सय मिटर तल खोँचमा खसेका कारण बसमा सवार सबै घाइते भएको प्रहरीले जनाएको छ । बसबाट उछिट्टिएका केही यात्रुहरू रुखको हाँगामा समेत अड्किएका कारण उद्धारमा कठिनाइ भएको थियो ।घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको प्रहरी उपरीक्षक जवेगुले जानकारी दिएका छन् । ‘घाइतेहरूमध्ये १२ जनाको अवस्था गम्भीर देखिन्छ, उपचारका लागि बिर्तामोड पठाइसकिएको छ,’ प्रहरी उपरीक्षक जवेगुले भने । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : ०७ बजे