श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रधानमन्त्रीले आज अर्थतन्त्रका विषयमा छलफल गर्दै



काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विषयमा छलफल गर्न आज बैठक आह्वान गरेका छन् ।

बैठकमा अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अर्थतन्त्र सुधारका लागि अहिलेको अवस्थामा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बताइएको छ ।यस्तै बैठकमा सरकारले गरेका प्रतिबद्धता, त्यसको परिणाम, निजी क्षेत्रका सवाल, अन्तर निकायमा देखिएको समन्वयको अभाव लगायत विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : ५० बजे