श्रावण ५, २०८१ शनिबार Sun Jul 21 2024

नाढीमन तालको पानी सफा गरी दिगो रुपमा व्यवस्थापन भएपछि स्थानीय किसान हर्षित



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालको पानी सफा गरी दिगो रुपमा व्यवस्थापन गरिएको छ । सफा पानीको व्यवस्था गर्न ५०० फिट भन्दा गहिरो नयाँ डिप बोरिंड जडान गरिएको छ ।

उक्त सफा पारिएको पानीको व्यवस्थापन यसै हप्तादेखि सञ्चालन ल्याइने भएपछि स्थानीयहरु हर्षित भएका छन् । आगामी दिनमा नाढीमन तालमा पानी सफा भएपछि स्थानीयलाई आईपर्ने समस्या परिपूर्ति हुने गाउँपालिकाले जनाएको छ । चन्द्रनगर गाउँपालिकाले नाढीमन ताल सरसफाई, पुनर्संरचनासहित सफा पानी व्यवस्थापन गर्दै आएको छ ।

साथै किसानलाई आवश्यक पर्ने तरकारी, फलफूल खेती तथा खेत सिंचाई गर्न उक्त पानीले महत्वपूर्ण योगदान गर्ने गाउँपालिकाले जनाएको छ । नाढीमन तालको पानी सफा गरी गाउँपालिकाले व्यवस्थापन गरेपछि स्थानीय किसानहरु खुसी भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ११ : ०३ बजे