फाल्गुन ७, २०८१ बुधबार Thu Feb 20 2025

मोहन्याल गाउँपालिका वडा नं.२ बजाडी नजिक जीप दुर्घटना



काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका वडा नं. बजाडी नजिक जीप दुर्घटना हुँदा ४ जना गम्भीर केहि सामान्य घाइते भएका छन् । गत शुक्रबार साझा ४ बजे सिमली खिमडी सडक अन्तर्गत मोहन्याल गाउँपालिका वडा नं. २ जीप दुर्घटनाग्रस्त भएको थियो ।

गाउँपालिकाले जीप दुर्घटनामा परी घाइते हुनेहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कच्ची सडकमा क्षमता बढी यात्रु बोक्ने गरेको दूर्घटना बढेकाले आगामी दिनमा त्यसप्रति सचेत रहन गाउँपालिकाले आग्रह गरेको छ ।

साथै खाल्डाखुल्डी परेका कच्ची सडकका कारले पनि दूर्घटनाका घट्ना हुने गरेकाले सडक मर्मत सम्भार गर्न पनि गाउँपालिकाले सम्बन्धित निकायसँग आग्रह गरेको छ । त्यस्तै दूर्घटनामा परी घाइते हुनेहरुको स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा त्यसप्रति साधानधानी अपनाउन सबैमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ०४ बजे