२९ असार २०८३, सोमबार Tue Jul 14 2026

मोहन्याल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैबीप्रकोप तथा उद्दार कोषमा १३ लाख ५० हजार सहयोग उपलब्ध



काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

उक्त भूकम्पले गरेको मानवीय र भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्प पीडितको राहत, पुनर्निमाण तथा पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैबीप्रकोप उद्दार कोषमा मोहन्याल गाउँपालिकाले रु १३ लाख ५० हजार सहयोग गरेको छ।

गाउँपालिकाले उक्त सहयोग रकम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) निवास बालुवाटारमा हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम प्रधानमन्त्रीका स्वकीय सचिब रमेश मल्ललाई बुझाएको गाउपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ३२ बजे