४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने



काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा यस बर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौ महानगर भित्र राती १ बजेसम्म खेल्न अनुमती दिइएको जानकारी दिदै यस समयमा महानगरको नगर प्रहरीले सुरक्षा पेट्रोलिङ गर्ने बताएका छन् ।बालेनले बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमती दिइएको बताउदै यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न अनुरोध गरेका छन् ।साथै उनले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १ : २६ बजे