२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

जसपाको सुदुरपश्चिम प्रदेश समिति गठन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को सुदुरपश्चिम प्रदेश समिति गठन भएको छ । कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्ती मगर र दिपेश तिमल्सैना जैसी रहेका छन् ।पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सुदुरपश्चिम इन्चार्ज गोविन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश समितिका सह इन्चार्ज भीमबहादुर थापा, राजनीतिक समिति सदस्य मालामती रानालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ५६ बजे