श्रावण ४, २०८१ शुक्रबार Fri Jul 19 2024

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि ३ गतेसम्म



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक बस्नेबारे जानकारी गराएका हुन् । साथै बैठकले जाजरकोट भूकम्पका बारेमा छलफलका गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ ।राप्रपाले भूकम्पबाट घरबार गुमाएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ । उसले राहत वितरणमा एकरूपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ५४ बजे