श्रावण ४, २०८१ शुक्रबार Fri Jul 19 2024

युट्युवर मनोज मानव प्रहरीको नियन्त्रणमा



काठमाडौं । युट्युवर मनोज मानव (मनोजकुमार महतो) प्रहरीको नियन्त्रणमा परेका छन् । साइबर ब्युरोका अनुसार उनलाई विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । स्टार अनलाइन’ टिभीका सञ्चालक मनोजले भाइरल हुने नाममा विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने गरी सामग्री प्रसारण गर्दै आएको साइबर व्युरोले जनाएको छ ।

मनोजलाई पूर्वआईजीपी रणबहादुर चन्द र तारा बराल बसिरहेको रेस्टुरेन्टमा प्रवेश गरेर केही फुटेज लिएपछि आफूहरूको चरित्रहत्या गरेको भन्दै तारा बराले साइबर व्युरोमा उजुरी दिएका थिइन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ३ : ४२ बजे