श्रावण ४, २०८१ शुक्रबार Fri Jul 19 2024

गुल्मीदरबार गाउँपालिकाद्वारा भूकम्पपीडितलाई सहयोग



तम्घास । गुल्मीदरबार गाउँपालिकाले भूकम्पपीडितलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पपीडितका लागि एक लाख रुपियाँ सहयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिएका छन् ।

भूकम्पपीडितको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए । गुल्मी उद्योग वाणिज्य सङ्घले पनि ३० हजार पाँचसय रुपियाँ सहयोग गरेको थियो ।

त्यस्तै, गुल्मी उद्योग सङ्घले आयोजना गरेको गुल्मी महोत्सवमा गत शनिवार टिकट विक्रीबाट जम्मा भएको ५० प्रतिशत रकम पीडितलाई दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : १४ बजे