कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख राहत रकम जम्मा



काठमाडौं । गएको शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँका प्रभावितहरुको राहतको लागि रकम उठ्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक रुपमा आव्हान गरेपछि सहयोग रकम उठ्न थालेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्ममा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको जनाइएको छ ।सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ११ : ३९ बजे