२७ असार २०८३, शनिबार Sat Jul 11 2026

काठमाडौंको तापक्रम घट्दै, सतर्क रहन आग्रह



काठमाडौं।तापक्रम घट्ने क्रममा रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ । आज बिहान काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ ।‘चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम घट्दै जान्छ, त्यसैले यसबाट बच्न सतर्क रहनु पर्ने देखिन्छ,’ मौसमविद् राजु प्रधानाङ्गले भने, ‘तुलनात्मक रुपमा हिजोभन्दा आज तापक्रम केही बढे पनि अब क्रमशः तापक्रम घट्दै जान्छ ।’आइतबार काठमाडौंको तापक्रम १०.८ डिग्री सेल्सियस थियो । यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टोबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस भन्दा माथि नै छ ।नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण केही भू–भागमा वर्षा र हिमपात भइरहेको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : ३९ बजे