बैशाख २८, २०८१ शुक्रबार Fri May 10 2024

भूकम्प पीडितहरुलाई युनिलिभर नेपालद्वारा सहयोग प्रदान



काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्प पीडितहरुलाई राहत प्रदान गरेको छ । साथै युनिलिभर नेपालले भुकम्प पीडित जन समुदायहरुको साथमा ऐक्यबद्धता जनाएको छ ।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्री, ७०० थान् ब्ल्याङकेटहरु, २५० थान पालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरी सहयोग गरेको छ ।युनिलिभर नेपालले स्थानीय निकायहरु, संघसंस्थाहरु, संगठनहरु र समुदायहरुसंग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी बनाउने जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ३२ बजे