कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

मोहन्याल गाउँपालिकाद्वारा भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय



धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट सहयोग गर्ने अध्यक्ष देवीदत्त उपाध्यायले बताए ।

त्यस्तै, जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको, माध्यमिक तहका शिक्षकहरुले ५ दिनको र अन्य तहको शिक्षकहरुले ३ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितहरुलाई सहयोग स्वरुप दिने भएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : २२ बजे