कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

ठूलीभेरी नगरपालिकाद्धारा भूकम्पपीडितलाई सहयोग



काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद रु पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नगरप्रमुख श्रवणकुमार बुढाले भूकम्प पीडितलाई नगद रु पाँच लाख र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए ।स्थलगत उद्धारमा समेत सहभागी भएका छन् । विपद् परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट सकेसम्मको हातेमालो गरेर पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको नगरप्रमुख बुढाले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ४७ बजे