बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

नेपाल नगरपालिका संघका अध्यक्ष ढुंगानाद्वारा दुःख व्यक्त



काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी नलगाँड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित अन्य मृतकहरुप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष ढंगानाले प्रेस विज्ञप्ति जारी गर्दै उपप्रमुख सिंहसहित अन्य मृतक नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अध्यक्ष ढुंगानाले भूकम्प प्रभावित नगरपालिका तथा पीडित परिवारहरुलाई आवश्यक राहत वितरण, प्रभावित क्षेत्रमा खोज तथा उद्धार र घाइतेहरुको उपचारका लागि तहगत सरकारहरुको समन्वय र सहकार्य अपरिहार्य हुने हुँदा सम्बन्धित नगरपालिकाहरु, संघ र प्रदेश सरकारले सोही अनुरुप तदरुकताका साथ भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

त्यसैगरी उनले यस दुखद् छडीमा राज्यका सबै तहतप्का, वर्ग, समुदायलाई राहत, उद्दार र घाइतेलाई उपचारमा सहयोग जुटाउन अपिल पनि गरेका छन् । संघले भूकम्पमा परी घाइते भएकाहरुको सीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ०२ बजे