१३ जेष्ठ २०८३, बुधबार Thu May 28 2026

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् ।

स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।उनका अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।गएरातिको शक्तिशाली भूकम्पले जाजरकोटमा व्यापक जनधनको क्षति भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ४८ बजे