बैशाख १६, २०८१ आइतबार Mon Apr 29 2024

नबिल बैंकको नाफा घट्यो



काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढ्दा नबिल बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षकोप्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । पहिलो त्रैमासमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने ६.५१ प्रतिशतले कमी हो ।

गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५७ करोड १५ लाख बढी खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको संचलान नाफा भने ४.६८ प्रतिशतको गिरावट देखिएको छ । बैंकको यस्तो नाफा २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा ४.५४ प्रतिशतले बढेर ४ खर्ब १४ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी भने ६.२७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३२ अर्ब २ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा पनि १.३६ प्रतिशतले वृद्धि भई ३.६९ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ २९ पैसाले घटेर २१ रुपैयाँ ७२ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १५ रुपैयाँ ०१ पैसाले घटेर २१८ रुपैयाँ २७ पैसा कायम भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १ : ३३ बजे