कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

मोहन्याल गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा च्यारिटी हेल्थ फाउन्डेशन नेपाल र श्रीकृष्ण आँखा अस्पताल प्रा.लि. को आयोजनामा निःशुल्क आँखा जाँच सिविर सम्पन्न गरिएको छ । सो निःशुल्क आँखा जाँच सिविर सगरखाल स्वास्थ्य चौकी मोहन्याल गाउँपालिकाको सक्रियतामा गरिएको हो ।

आँचा जाँच शिविर सञ्चालनबाट स्थानीयवासीहरु लाभान्वित भएको जनाइएको छ । पछिल्लो समय नेपालमा आँखाका रोगीहरु बढ्दै गएकाले स्थानीय जनताहरु पीडित हुँदै गएका छन् । त्यसलाई मध्यनजर गरी च्यारिटी हेल्थ फाउन्डेशन नेपाल र श्रीकृष्ण आँखा अस्पताल प्रा.लि. टिकापुरले सञ्चालन गरेको आँखा जाँच शिविरबाट स्थानीय जनता लाभान्वित भएका छन्।

निःशुल्क आँचा शिविर सञ्चालन गर्न मोहन्याल गाउँपालिका सोल्टाले सहयोग गरेकोमा स्थानीयवासी हर्षित भएका छन् । शिविरमा आँखा जँचाउन उपस्थित स्थानीयका अनुसार निःशुल्क आँखा जाँच सिविर सञ्चालन गर्ने स्वास्थ्य संस्था र मोहन्याल गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

उनीहरुले आगामी दिनमा पनि यस्ता निःशुल्क शिविरहरु सञ्चालन गरी स्वास्थ्योपचारमा सहजता ल्याउन आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १ : ५१ बजे