२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

प्रधानमन्त्री आज बुटवल जाने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान बुटवल जाँदै छन्। विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बुटवल जान लागेका हुन्।

उनले बिहान ११ बजे बुटवलको आम्दा अस्पतालमा भौतिक संरचनाको शिलान्यास गर्नेछन्। लगत्तै दिउँसो १ बजे माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग छलफल गर्ने पार्टीका बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए।दिउँसो २ बजे उनले पार्टीका विभिन्न जन वर्गीय संगठनका अगुवा तथा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ। कार्यक्रम बुटवलको कालिकानगरस्थित एसियन होटेलमा हुनेछ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : ३१ बजे