कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौँ। संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद‍्को सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिए ।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८र७९ र तेस्रो वार्षिक प्रतिवेदन २०७९÷८० पेश गर्ने कार्यसूची रहेको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम ९१० बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : २१ बजे