जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

जनसांस्कृतिक प्रतिष्ठान नेपाल–अस्ट्रेलिया शाखा गठन



काठमाडौं । जनसांस्कृतिक प्रतिष्ठान नेपाल–अस्ट्रेलिया शाखा गठन गरिएको छ । नवगठित प्रतिष्ठानका कार्यसमिति अध्यक्ष निक्स शर्मा (शंकर) उपाध्यक्ष युवराज शर्मा, सचिव सौर्यध्वज आचार्य, सहसचिव गोविन्दा थापा, कोषध्यक्ष शरिता गौचन, सहकोषाध्यक्ष तिलक आले, सदस्य कृष्ण आले रहेका छन् ।

दुई जनापछि मनोनित गर्ने अहिले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा नेतृ सिन्धु जलेसा हुनुहुन्थ्यो । जलेसा पछिल्लो समय अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएको छ ।

कार्यक्रममा जलेसाले जनसांस्कृतिक प्रतिष्ठान नेपाल–अस्ट्रेलिया शाखा गठनले नेपाली संस्कृतिको जगेर्ना हुने बताउनुभएको छ । उहाँले नेपाली संस्कृति अरुको तलनामा निकै धनी भएको र अस्ट्रेलियामा निर्मित जनसांस्कृतिक प्रतिष्ठानले त्यहाँ बसोबास गर्ने नेपालीहरुबीच नेपाली संस्कृतिको पहिचान दीगो रहने बताउनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक पनि सम्पन्न भएको छ । यस नवनिर्वाचित कमितिलाई जनसांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले अनलाइनबाट बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ३ : ३२ बजे