१४ भदौ २०८३, आइतबार Sun Aug 30 2026

मोहन्याल गाउँकार्यपालिकाक‍ो स्थगित बैठक असोज १९ गते बस्ने



कैलाली । कैलालीको मोहन्याल गाउँ कार्यपालिकाक‍ो बैठक गणपुरक संख्या नपुगेको कारण स्थिगित भएको छ । मोहन्याल गाउँ कार्यपालिकाको करारमा रहेका कर्मचारीको म्याद थप सम्बन्धमा आज बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक स्थतिग गरिएको हो ।

स्थगित बैठक आगामी असोज १९ गेत बस्ने भएकाले जनप्रतिनिधि तथा सम्बन्धित पक्षलाई अनिवार्य उपस्थितिको लागि आवह्वान गरिएको छ । गाउँपालिका करारमा कार्यरत कर्मचारको म्याद थप र अन्य विधि विषयमा छललफल गर्ने गरी बोलाइएको गाउँकार्यकालिकाको बैठक गणपुरक संख्या नपुगेकाले यही असोज १९ गते बिहान ठिक १० बजे बोलाइएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

असोज १९ गते बस्ने र उक्त बैठकमा गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको म्याद थप गर्नुपर्नेछ। अन्यथा दशै तिहारको मुखमा तलब भत्ता समेत खुवाउन समस्या भएकोले असोज १९ गतेको कार्यपालिका बैठकमा अनिबार्य उपस्थितिका लागि सबै कार्यपालिका सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ६ : २८ बजे