२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

बागमती प्रदेशसभा बैठक बस्दै



हेटौँडा।विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे प्रदेश संसद भवन हेटौँडामा बस्नेछ ।

प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएपछि सोमवारदेखि बैठक सुचारू हुन सकेको छ । सोमबारको बैठक एमालेले अवरोध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए ।पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, मंगलबार पनि बैठक बस्दै नबसी स्थगित गरिए पछि आज अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले सोमबारको बैठकमा अवरोध गरेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : २३ बजे