श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

गाउँपालिकाद्वारा गाउँ ब्लक जग्गा दर्ताको सुरु



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विगत ३० वर्षमा हुन नसकेको गाउँ ब्लक जग्गा दर्ताको काम सुरु गरिएको छ । चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोको विषेश पहलमा गाउँ ब्लक जग्गा दर्ताको काम सुरु गरिएको हो ।

गााउँपालिकाका वडा नम्बर ६ र ७ अर्थात साबिक चन्द्रनगर गाविसका सम्बन्धित सरोकारवालाले गाउँपालिकाको कार्यालयको भूमि व्यवस्थापन शाखा र नापी कार्यालय सर्लाहीको टोलीसँग यस पोस्टमा सम्लग्न पत्रमा उल्लेख भए अनुसारको कागजात लिएर सम्पर्क गर्न सम्वन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

गाउँ ब्लक जग्गा दर्ताको लागि सम्बन्धित वडाका स्थानीयवासीलाई गाउँपालिकाले जानकारीको लागि सूचना प्रकाशित गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : ५३ बजे