श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

जनताको घर दैलोमा गाउँपालिका अध्यक्ष, एक अभ्यासको शुरूवात



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले जनप्रतिनिधिहरुले जनताका समस्या र गुनासाहरु घरदैलोमै पुगेर बुझ्ने कार्यक्रमको थालनी गरेका छन् ।

चुनावको समयमा मात्र प्रायः गरिने पटके कार्यलाई जनताले निर्वाचित गराई सकेपछि पनि नियमित अभ्यासको रुपमा जनताको घर दैलोमा गाउँपालिका अध्यक्ष शुरूवात चन्द्रनगर गाउँपालिकामा थालनी गरिएको छ ।

जनताको घर दैलोमा पुगेर उनीहरुको गुनासो सुन्ने तथा आवश्यकता र समस्या बुझने अनि सोही अनुसार अगामी कार्यक्रम बनाउने उदेश्यले जनताको घर दैलोमा गाउँपालिका अध्यक्ष कार्यक्रमको शुरुवात गरिएको अध्यक्ष महतोले बताएका छन् ।

अध्यक्ष महतोको उक्त नयाँ कार्यको थालनीले स्थानीयवासीहरु हर्षित भएका छन् । स्थानीय जनप्रतिनिधिमा यो नयाँ कार्यको थालनी भएकोमा अन्य स्थानीयले पनि यस्ता सिर्जनात्मक र जनमुखी कामको सुरुवात गर्दा उपयुक्त हुने बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : ५० बजे