श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नगरपालिका संघ र गाउँपालिका महासंघको कार्यविस्तृतिकरण परिमार्जन सम्बन्धी कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको आयोजनामा महोत्तरीको बर्दीबासमा कार्यविस्तृतिकरण परिमार्जन सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममामा संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले आफ्नो धारणा राखेका थिए । सो क्रममा बोल्दै संघअध्यक्ष ढु्ंगानाले संविधानले स्थानीय सरकारलाई प्राप्त २२ वटा एकल अधिकार कानुन बनाएर कार्यन्वयनमा ल्याउन नगरपालिका र गाउँपालिकाका पदाधिकारीलाई आग्रह गरेका थिए ।

उनले संघ र प्रदेश सरकार स्थानीय सरकारलाई दिएको अधिकार प्रयोग गर्न दिने पक्षमा नरहेको भन्दै वन, शिक्षा लगायतका क्षेत्रमा अधिकार खोस्न खोजिएको भन्दै आपत्ति प्रकट गरे ।

राष्ट्रिय समन्वय परिषदका सदस्यसमेत रहेका ढुंगानाले निर्धक्क भएर सुझाव राख्न स्थानीय सरकाका प्रमुखहरूलाई आग्रह गर्दै प्रधानमन्त्री अध्यक्ष रहने समन्वय परिषदमा कार्यविस्तृतिकरणका विषयमा हुने बैठकमा आफूले उठेका सबै विययलाई दृढताका साथ राख्ने बताए । कार्यक्रममा मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका एक सय भन्दा बढी नगर तथा गाउँपालिका प्रमुखहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ३५ बजे