फाल्गुन १६, २०८० बुधबार Wed Feb 28 2024

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते



बाजुरा । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन् । कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो ।

प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ११ : ५६ बजे