२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु



दार्चुला । दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ। आइतबार जिल्लाको शैल्यशिखर नगरपालिका- ५ सेतकलाकी ४५ वर्षीया सुना साउँदले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।

उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  १२ : ०४ बजे