श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सत्ता लुछाचुँडीले गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख भयो : डा. बाबुराम भट्टराइ



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख भएको टिप्पणी गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले त्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति÷शक्तिहरूको सत्ता लुछाचुंडीले गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको बताएका हुन् ।भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भूमरीमा पर्दै गएको बेला राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।उनले भनेका छन्–देश आन्तरिक रूपमा पुककजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्दको भू–सामरिक भूमरीमा पर्दै गएको वेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच गम्भीर विमर्श,सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो ।परन्तु चरम सत्तालोलुप,भ्रष्ट र अदूरदर्शी व्यक्ति÷शक्तिहरूको सत्ताककुछाचुककडीले यी गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको समकालीन नेपालको कटुसत्य हो। संघ र प्रदेश–१ लगायतमा भैरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्तालुछाचुँडी, आआफ्नै ढंगले उद्घाटित भैरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्ति÷दल÷गुटका आआफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडी÷दलाली त्यसका भद्दा नमूना हुन् ।यो गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त,लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ! रणबहादुर र जंगबहादुरहरू त आउककछन्,जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ !

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ११ : ५५ बजे