श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

मोहन्याल गाउँपालिका वडा नम्बर ७ को कुइनेदेखि बढिगाउँसम्म बाटो सुचारु



कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित कुइनेदेखि बढिगाउँसम्मको बाटो केही दिन पहिला नै पुनःनिर्माण भई सिुचारु भइसक्नुपर्नेमा बढिगाउँको खोलामा निरन्तर बाढी आएकाले बाटो बनाउन सकिएको थिएन । तर, बाढी आउन केही रोकिएपछि बाटो पुनःनिर्माण गरी आजबाट सुचारु भएको छ ।

खोलामा पानी कम भएकाले अब बाटो निरन्तर बनाइने बताइएको छ । अब केही दिन पानी आउन रोकिएमा ओखडेकोटको बाटो पनि निर्माण सम्पन्न गरिने वडा अध्यक्ष अध्यक्ष नवराज कठायतले बताएका छन् ।

अध्यक्ष कठायतले निरन्तर अबिरल वर्षका कारण रोकिएको बाटो सुचारु गरिएको जानकारी दिएका हुन् । खोलामा बाढी आएपछि रोकिएको बाटो सुचारु भएपछि स्थानीयवासी हर्षित भएको अध्यक्ष कठायतको भनाइ छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : ५३ बजे