श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सुदूरपश्चिम सामाजिक मन्त्री समक्ष मोहन्यालवासीको समस्याबारे जानकारी



धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट साउदलाई मोहन्यालवासीको समस्याबारे जानकारी गराएका छन् ।

अध्यक्ष उपाध्यायले सामाजिक विकास मन्त्री साउद समक्ष शिक्षा, स्वास्थ्यलगायत समग्र मोहन्यालवासीको समस्याका विषयमा जानकारी गराएका हुन् ।

साथै अध्यक्ष उपाध्यायले मन्त्री समक्ष यी समस्या समाधानको निमित्त पहल गरिदिन आग्रहसमेत गरेका छन् । अध्यक्ष उपाध्यायको आग्रहले मन्त्री साउदको ध्यानाकर्षण भएको बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : २५ बजे