श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नाढीमन तालको डिलमा पिपल वृक्षारोपण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालको डिलमा रहेको चौतारामा पिपल वृक्षारोपण गरिएको छ । नाडीतालको छेउमा सुन्दर र मनोरम गाउँपालिकाको कार्यालय रहेको छ ।

यहाँ पहिलाका पुराना रुखहरु केही वर्ष अगाडि सुकेर नष्ट भइ ताल छेउमा रहेको चौतारा उजाड भएपछि वृक्षारोपण गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार महतोको अगुवाइमा वृक्षारोपण गरिएको हो ।

तालको छोउमा रहेको चौतारामा पुराना रुख सुकेर नष्ट भएपछि त्यहाँ रहेको चौतारा सिंगारविहीन भएकाले पुनः पिपलको कालजयी विरुवा रोपेर तालको सौन्दर्य बढाउने काम गरिएको छ ।

उक्त कार्यले नाढीमन तालको सौन्दर्य बढेपछि स्थानीयवासी हर्षित भएका छन् । यस अगाडि पनि चन्द्रनगर गाउँपालिकाले नाढीमन तालको उत्खनन्देखि दीर्णोद्वाराको लागि थुप्रै काम गर्दै आएको छ ।

नाढीमन ताल नजिकै गाउँपालिका भवन रहेकाले यस तालको छेउमा रहेको चौतारामा हरियाली बढाउने रुख रोपिएकाले अझै सौन्दर्य बढाउने देखिन्छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : १८ बजे