श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

खेलकुदमन्त्री लिम्बूलाई डेंगु संक्रमण, वीर अस्पताल भर्ना



काठमाडौं।युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण भएको छ ।

शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु संक्रमण देखिएपछि उपचारका लागि शनिबार मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रोशन राईले जानकारी दिए ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए ।

वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा।ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : ३८ बजे