श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नेविसंघद्वारा प्रधानमन्त्री निवास घेराउ



काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्था (आईओई)ले चार वर्षे स्नातक तहको शुल्क बढाएको विरोधमा नेविसंघले आन्दोलन गरेको हो । आईओईले एकैपटक तीन लाख रुपैयाँ शुल्क वृद्धि गरेको थियो ।

यसअघि आइतबार एमाले निकट अनेरास्ववियुले मन्त्री क्वाटर बाहिर मन्त्रीहरूको गाडी रोकेर प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : २९ बजे