श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

अब राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनाको मुद्दा बोक्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेण्डा बनाएर जनतासमक्ष जाने भएको छ । अध्यक्ष कमल थापा नेतृत्वको राप्रपा नेपाल करिब डेढ वर्षपछि पुनः राजसंस्था पुनर्स्थापनाकै एजेण्डामा फर्किएको हो ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको ‘अबको गन्तव्यः समृद्ध हिन्दु अधिराज्य’ विषयक राजनीतिक कार्यपत्रमा देशको वर्तमान अवस्थालाई दृष्टिगत गरी, पार्टी कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुको भावनलाई सम्मान गर्दै राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेण्डा बनाउने बताइएको छ ।

‘देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै तथा पार्टी कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुको भावनालाई सम्मान गर्दै राजसंस्था पुनःस्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने विगतको अडानलाई पुनरावलोकन र पुनर्विचार गर्ने निर्णय गरिएको कार्यपत्रमा भनिएको छ ।

राप्रपा नेपालको भावि कार्यदिशा ‘संघीय व्यवस्थाको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य’ रहेको अध्यक्ष थापाले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : ४४ बजे