२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

जुवाखालबाट गाउँपालिका अध्यक्षसहित ७ जना पक्राउ



काठमाडौं । मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई प्रहरीले पक्राउ गरेको छ। अध्यक्ष लालचनलाई पोखराको एक होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित होटल लक्ष्मीमबाट अध्यक्ष लालचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनले प्रहरीसँग आफ्नो नाम समेत ढाँटेका थिए।

जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको छ। वडा प्रहरी कार्यालय बैदामको टोलीले जुवाखालबाट उनीहरुलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर कार्की, नवीप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुञ्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन पनि प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ५ : १६ बजे