श्रावण ११, २०८१ शुक्रबार Sat Jul 27 2024

बैतडीमा पहिरोको वडा र स्वास्थ्य भवन जोखिममा



बैतडी ।वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाईको भवन पहिरोको जोखिममा परेको हो ।

वर्षापछि वडा कार्यालय अगाडिको पर्खाल भत्किएपछि भवन जोखिममा परेको सामाजिक परिचालक रनबहादुर विष्टले जानकारी दिए ।

यस्तै, वर्षाले सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य इकाईको भवन पनि जोखिममा परेको छ । एकाईका अहेब विनोद भट्टका अनुसार स्वास्थ्य एकाईको भवनको आँगन पहिरोले भत्काएपछि भवन जोखिममा परेको हो ।

यसअघि पनि सोही ठाउँमा २०७७ सालमा प्रसूति सेवा केन्द्रको भवन पहिरोले भत्काएको थियो । त्यो बेला स्वास्थ्य एकाईको नयाँ भवन निर्माण भएकाले सेवा सञ्चालन गरिएको थियो । नयाँ भवन पनि पहिरोको जोखिममा परेपछि स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ११ : ४९ बजे