श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो



काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी(२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ ।

बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : १० बजे