श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सरकारकै डिजाइनमा सुनको धन्दा भइरह्यो : महासचिव पोखरेल



सुर्खेत ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको आरोप लगाएका छन् । सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले सरकारले नै सुनको धन्दा चलाइरहेको आरोप लगाएका हुन् ।

सरकारकै डिजाइनमा यस्ता प्रकरण भएको आरोप लगाउँदै उनले त्यही भएर आफ्नो पार्टीले संसद अवरुद्ध पारेको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दापनि अमेरिकी दबाबका कारण अघि बढेको टिप्पणी गरे ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ११ : ५९ बजे