श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं।प्रतिनिधि सभा बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा सो समयमा बस्नेगरी मंगलबार बैठक सारिएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेलगायत विभिन्न ८ कार्यसूची छन् ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार संसद् अवरूद्ध गर्दै आइरहेको छ ।

लामो समयदेखि बैठक कार्यसूचीमा अघि बढ्न सकेको छैन । संसद् अवरोध अन्त्य गर्न राष्ट्रपति, सभामुख र प्रधानमन्त्रीले निरन्तर प्रयास गरे पनि विफल भएको छ ।

बुधबार संसद् बैठक अघि शीर्ष नेताहरूको बैठक बस्दैछ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ११ : ४४ बजे