श्रावण ११, २०८१ शुक्रबार Sat Jul 27 2024

स्वर्गीय प्रदीप गिरिको अस्तु गङ्गामा विसर्जन



काठमाडौं।नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु गङ्गामा विसर्जन गरिएको छ ।

प्रदीप गिरि पावन स्मृति आयोजक समितिले स्वर्गीय गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गरेको हो ।

मङ्गलबार साँझ साँढे चारबजे काशी हिन्दु विश्वविद्यालयमा शोक सभा आयोजना गरेपछि उनको अस्तु तुलसीघाट सेलाउँदा संकट मोचन के महन्त प्रोफेसर विश्वम्भर नाथ मिश्र, मोहन प्रकाश जी, भाजपा नेता अशोक पाण्डेयलगायत भारतीय नेता तथा नेपालबाट अस्तु लिएर गएका नेपाली कांग्रेसका नेता तथा नेता गिरिका अनुयायी सहभागि थिए ।

नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली काठमाडौंको पशुपति नाथबाट अस्तु विसर्जन यात्रामा निस्किएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ११ : ४१ बजे