आश्विन १९, २०८१ शनिबार Sun Oct 6 2024

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी



काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरूको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।

पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई बागमती प्रदेश इञ्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इञ्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इञ्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोकेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ ।

यसैगरी, संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । विभागका सदस्यमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् ।

संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत तथा सदस्यमा शैलेन्द्र साह र सनबहादुर राई चयन भएका छन् ।

सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिषकुमार सुमन तथा सदस्यमा लक्ष्मण हुमागाईं र योगराज वनेम चयन भएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।

यसैगरी, नवलकिशोर साहलाई आर्थिक विभागको सदस्यमा चयन गरिएको छ भने युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् । विभागको सदस्यमा विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य बनेका छन् ।

महिला विभागमा लीला सिटौला, सदस्यमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव, किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा चयन भएको जसपाले जनाएको छ ।

केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनात्मक कारबाही फुकुवा गर्ने निर्णय गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ४१ बजे