श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रतिनिधिसभा बैठक भोलि ३ बजेसम्मका लागि स्थगित



काठमाडौं । भदौ ५ गते मंगलबार दिनको ३ः ०० बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभा बैठक भोली दिनको ३ स्०० बजेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३)बमोजिम सभामुखले अर्को बैठक भदौ ६ गते बुधबार दिनको ३ः ०० बजे बस्ने गरी निर्धारण गरेको संघीय संदसका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक स्थगित गरिएको हो । संसद बैठक अघि शीर्ष तहको बैठक बसेर सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले तयार गरेको ड्राफ्टलाई अन्तिम रूप दिने बताइएपनि एमाले अध्यक्ष केपी शर्मा अनुपस्थित रहेपछि शीर्ष तहको बैठक एजेन्डा तय नभई स्थगित भएको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएको बताएका छन् । त्यसपछि संघीय संसद सचिवालयले पनि मंगलबारका लागि तय भएको प्रतिनिधीसभा बैठकको मिति परिवर्तन भएको सुचना सार्वजनिक गरेको हो ।एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने भन्दै आएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ३८ बजे