फाल्गुन १२, २०८० शनिबार Sun Feb 25 2024

कांग्रेसको केन्द्रीय अनुशासन समितिमा चार जना मनोनीत



काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय अनुशासन समितिमा चार जनालाई मनोनीत गरेका छन्।

सभापति देउवाले केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जकुमार गौतम र राजीव कोइरालालाई मनोनीत गरेका हुन्। नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (७) बमोजिम गठित केन्द्रीय अनुशासन समितिको संयोजक आनन्दप्रसाद ढुंगाना रहेका छन्।

त्यस्तै सभापति देउवाले पूर्व महान्यायाधीवक्तासमेत रहेका खम्बहादुर खातीलाई कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदनमा नियुक्त गरेका छन्।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ३३ बजे