श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

उपप्रधानमन्त्री गच्छेदारसँग सिआईबीले लियो बयान



काठमाडौं । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ ।

सोमबार साँझ सीआईबीले गच्छेदारसँग बयान लिएको हो । संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छेदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ ।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सीआइबीले सोही प्रकरणमा सोमबार पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि बयान लिएको थियो । यसैगरी आईतबार राति पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईको पनि बयान कागज गराएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ११ : ५७ बजे