श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कांग्रेसका विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थामा मनोनित केन्द्रीय सदस्यलाई युवा नेता जोशीद्वारा शुभकामना



काठमाडौं । नेपाली कांग्रेस शुदुर पश्चिमका महाधिवेशन प्रतिनिधि तथा युवा नेता दीपेन्द्रराज जोशीले पार्टीका विभिन्न भ्रातृ, मातृ, शुभेच्छुकलगायत विभिन्न संस्थामा मनोनित भएका केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकाम दिएका छन् ।

नेता जोशीले कांग्रेसका विभिन्न भ्रातृ, मातृ र शुभेच्छुक संस्थाको केन्द्रीय कार्यसमितिमा मनोनित केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी भविष्यका उदयमान युवा नेताहरुलाइ बधाई दिएका हुन् ।

सो बधाई कार्यक्रममा युवा नेता जोशीले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ अडानसहित निरन्तर अभियानमा नेपाली कांग्रेसका भ्रातृ, मातृ तथा शुभेच्छुक संस्थाहरु रत्तिभर नडगमगाई लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा उनले देश र जनताको समग्र उन्नतिको लागि वीपी कोइरालाको विचार, ज्ञातअज्ञात सहिदहरुको बलिदान, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रालाई आत्मसात गर्दै दीगो शान्तिको लक्ष्य प्राप्तिका लागि सधैं आवाज बुलन्द गर्ने धारणा राखे ।

कांग्रेसका विभिन्न भ्रातृ, मातृ तथा शुभेच्छुक संस्थामा मनोनित हुने केन्द्रीय सदस्यहरुको बधाई तथा शुभकामना कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य चन्द्रा जोशी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य लोकराज अवस्थी, कर्मचारी संघका केन्द्रीय सदस्य गंगा जोशी, रास्ट्रिय भूमि आयोग बझाङ जिल्ला सदस्य गोकुलदेवी सिंह, नेपाल तरुण दलका केन्द्रीय सदस्य रविप्रकाश सिंह र खगेन्द्र खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरु कृष्ण वि।क।, हिक्मत खड्का, उत्तम खड्का, सिद्धराज जोशी, लक्ष्मण खड्का र दीपक बोहरा रहेका छन् । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशको सल्लाहकारमा महेश मल्लको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  २ : ३६ बजे